२०८१ भाद्र २६ गते बुधवार

काँग्रेसले योगदान र योग्यताका आधारमा मन्त्री चुन्ने

दाङ, असार २९ । नेपाली कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री चयन गर्ने भएको छ ।

काँग्रेसले समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरिएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी सरकारमा सहभागी हुने निर्णय गर्दै सरकारमा जाने मन्त्री छान्नका लागि मापदण्ड बनाएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणसँगै मन्त्रीहरूले सपथ ग्रहण गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको सपथ ग्रहण सँगै मन्त्रीहरूको पनि एकै साथ सपथ गराउने तयारी भइ रहेको छ । त्यसका लागि दुई दलका बीचमा आन्तरिक गृहकार्य भइरहेको छ ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ५ बजेसम्मको समयसीमा दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

त्यस लगतै शुक्रबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन । तर, कांग्रेस र एमालेबीच कुन मन्त्रालय कस्ले पाउने भन्ने टुंगो भने लागि सकेको छैन।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *