२०८३ असोज २४ गते शनिवार

जामुनको रुखबाट लडेर १२ बर्षीया किशोरीको मृत्यु

तुलसीपुर,असार २७ । दाङको शान्तिनगरमा रुख बाट लडेर बिहीबार बेलुकी एक किशोरीको मृत्यु भएको छ ।

शान्तिनगरगाउँपालिका – ४ एक्लेकी १२ बर्षीया सुर्वण खड्काको जामुन खान रुखमा चढेको बेला लडेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पौने ६ बजेतिर उनी रुखबाट लडेकी थिइन ।


घरदेखि झन्डै एक सय मिटर टाढाको जामुनको रुखमा जामुन टिपेर खाने क्रमा उनी रुखबाट लडेर शक्त घाइते भएकी थिइन ।

उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै बेलुकी ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *