२०८३ मङ्सिर ११ गते बिहिवार

उपकुलपति लामिछानेले कुलसचिव अधिकारीलाई निलम्बन गरे

तुलसीपुर, असार २७ । नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादबप्रशाद लामिछानेले कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीलाई पदबाट निलम्बित गरेका छन् ।

यसअघि उनले लामिछानेलाई पाँच बुँदे स्पष्टिकरण सोधेका थिए ।


त्यसको जबाफ चित्त बुझ्दो नआएको भन्दै विश्वविद्यालय संचालन ऐनको दफा १६ को उपदफा १० अनुसार उपकुलपति लामिछानेले रजिष्ट्रार अधिकारीको जिम्मेवारी खोसेर आँफै संग राखेका हुन । त्यो ऐनमा उपकुलपतिले चाहेमा जिम्मेवारी खोस्न पाउने ब्यबस्था छ ।

कुलसचिव अधिकारीले आँफुलाई उपकुलपतिले निलम्बन गरेको भन्ने खबर पाएको बताए ।

दाङ बासी र स्थानीयको भावना विपरित मनोमानी चल्न खोज्नेहरुले आँफुलाई हटाउन चाहेको उनले प्रतिक्रिया दिए ।

उपकुलपति लामिछानेले असोज ९ गते राति १२ बजेपछि बिदाइ हुँदै छन् । त्यही दिनदेखि उनको कार्यकाल सकिदै छ । चार बर्षे पदाबधि सकिने हुँदा उनले अनिवार्य अवकास पाउने छन् । जाँदै गरेका उपकुलपतिले मनोमानी गर्नु आँफैमा गलत भएको उनले बताए ।

उपकुलपतिले असार १४ गते कुलसचिवलाई हप्ता दिनको समय सीमा राखेर पाँच बुदे स्पष्टिकरण पत्र लिखित रुपमै थमाएका थिए । त्यसमा उपकुलपति लामिछानेले कुलसचिव अधिकारीमाथि विश्वविद्यालयको गोपनियता भंग गरेकोदेखि अटेरी गरेको जस्ता संगिन आरोपहरु लगाएका छन् ।


त्यसको स्पष्टिकरण आँफुले असार २० गते पठाइ सकेको कुलसचिव अधिकारीले बताए । फेरि पनि तीन उपकुलपति लामिछाने फेरि कुलसचिव लामिछानीलाई चित्त बुझ्दो स्पष्टिकरण दिन भन्दै पत्र काटेका थिए ।

त्यसको पनि जबाफ उनले दिइ सकेको भएपनि चित्त बुझ्दो जबाफ नआएको आरोपसहित उपकुलपतिले रजिष्ट्रारलाई निलम्बन गरेका हुन ।

प्रकाशित मिति : २०८१ असार २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *