२०८२ असार ९ गते मङ्गलवार

लमहीमा च्याउ खोज्न गएकी महिलामाथि भालुको आक्रमण

दाङ, असार २७ । दाङको लमहीमा च्याउ खोजन गएकी महिलालाई भालुले आक्रमण गरेको छ ।

भालुको आक्रमणवाट लमही नगरपालिका – ६ देउपुरकी ४७ वर्षीया शोवारी घर्ती मगर घाइते भएकी छन् । घाइते मगरलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।


भालुको आक्रमणबाट मगरको अनुहार र टाउकोको छालाहरुमा गहिरो घाउ खतहरु रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।

बिहीबार बिहान सवा पाँच बजेतिर कर्री सामुदायिक वनमा दुई महिला च्याउ खोज्न गएका थिए । त्यही क्रममा भालुले मगरलाई आक्रमण गरि घाइते तुल्याएको डिएसपी मल्लले बताए ।

अर्की महिला भने सकुशल रहेकी छन् ।
भालु संगको लडाइमा मगरले फुत्किएर भाग्न सफल भइ ज्यान जोगाउन सफल भएकी थिइन ।

यही हप्ता मात्रै दाङको तुलसीपुर – ९ स्थित सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला माथि बाघको आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
  1. prem giri says:

    Nic communication

Leave a Reply

Your email address will not be published. Required fields are marked *