तुलसीपुर, असार २४ । घोराहीमा जंगली च्याउ खाएकी एक किशोरी बिरामी परेकी छन् ।
घोराही उपमहानगरपालिका – १५ की १८ बर्षीया राधा पुनले घर नजिकै जंगलबाट ल्याएको च्याउ सोमबार बिहान खाएकी थिइन ।
बिरामीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
परिवारका चार जना सदस्यले जंगली च्याउ खाएपनि अरुलाई भने केही नभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार