२०८१ भाद्र २३ गते आइतवार

अनि उनीहरुले काँधमा बाकेरै सुत्केरीलाई घर पु¥याइदिए

दाङ, असार २४ । प्यूठानमा एक जना सुत्केरीलाई स्वास्थ्यकर्मी आँफैले काँधमा बोकेर घर पु¥याएका छन् ।

प्यूठानको ऐराबती गाउँपालिका – ६ काल्नेकी ३० बर्षीया जीवा बिकलाई मल्लरानी गाउँपालिका – ३ धरमपानीस्थित चुजाँठाँटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आँफैले स्ट्रेचरमा बोकेर घर पु¥याएका हुन ।


२२ गते बेलुकी ८ बजे सुत्केरी बेथा लागेपछि जीवा ५६ बर्षीया आफ्नी आमा कमला बिक र ३ बर्षीय छोरा शिशिर बिकका साथमा पैदल हिडेरे स्वास्थ्य चौकी आएकी थिइन । उनले सोही दिन राति १० बजे छोरीलाई जन्म दिएकी थिइन ।


उनको घर र स्वास्थ्य चौकी बीचको दुरी झन्डै साढे दुई किलोमिटर टाढा छ । पहाडको बाटो मध्य आधा बाटो ठाडै उकालो र वरालो छ । अबिरल बर्षा भइ रहेको हुँदा बाटो अवरुद्ध थियो । आधा बोटो सम्म अटोमा जान मिल्थ्यो । तर, बिकको आर्थिक अवस्था निकै कमजोर थियो । जीवाका श्रीमान वशन्त बिक हाल रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा छन् ।

उनको त्यही अवस्था थाहाँ पाएर धरमपानीस्थित चुजाँठाँटी स्वास्थ्य चौकी प्रसुती केन्द्रका ६ जना स्वास्थ्यकर्मीले असार २३ गते दिउँसो साढे २ बजेपछि पानी बिदो गरेको समयमा आलोपालो गर्दै एक घन्टा उनलाई काँधमा बोकी घरसम्म छोडेका हुन ।

जनश्वास्थ्य निरीक्षक पोख्रेल टुकाराम पोख्रेल, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब अशिष्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेल लगाएतले आपसमा स्टे«चरमाफर्त काँधमा बोकेर घरसम्म पु¥याइदिएका हुन ।
यतिबेला सामाजिक सञ्जालमा उनीहरुको कार्यको निकै प्रशंशा भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *