तुलसीपुर, असार २४ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट चार बर्षीया बालिका घाइते भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका – ७ कालोखोलामा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया सदिक्षा भण्डारी घाइते भएकी छन् ।
सोमबार बिहान पौने १० बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेकी बालिकालाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बालिकाको टाउको र शरिरका बिभिन्न भागमा चोट पटक लागेको छ । मध्यम अवस्थाकी बालिकाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ ।
मोटरसाइकल चालक जिल्लाको बबई गाउँपालिका– ४ का ३० बर्षीय आशकुमार रानापनि उपचारमा संलग्न छन् ।
प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार
