२०८१ भाद्र २३ गते आइतवार

दाङमा बाढीले कहाँ ÷ कहाँको सडक खण्ड अबरुद्ध छ ?

तुलसीपुर, असार २२ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलका अनुसार बबइमा आएको बाढीका कारण राप्ती राजमार्ग अन्तरगत तुलसीपुर– अमेलिया सडक खण्ड अबरुद्ध भएको छ ।

बबइ पुलको पल्लो पट्टी बखरिया साइडको सडक खण्डमा बबइ नदीको भंगालो पसेका कारण सडक खण्ड अबरुद्ध बन्न पुगेको हो ।

त्यस्तै तुलसीपुर– घोराही सडक खण्ड अन्तरगत घोराही उपमहनगरपालिका – १६ सर्रा पश्चिमको सेवार खोलाको झन्डै ३५ मिटर जति डाइभर्सन बाढीले बगाएको छ । डाइभर्सन बगाएको हुँदा सडक खण्ड अवरुद्ध हुन गइ बैकल्पिक मार्ग मार्फत सवारी साधान संचालन गरिएको छ ।


सिधा बाटो बन्द भएपछि भाइरल रोडमार्फत सवारी साधान संचालन हुँदै आएका छन्् ।

त्यस्तै दाङ देउखुरीको लमही नगरपालिका – ९ ओलीकुटीमा रहेको सार्वजनिक पानी पोखरीको ड्याम फुट्न गइ तेलियादेखि तरुलिया जाने सडक खण्ड झन्डै १५ मिटर बगाउँदा सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका – ७ घस्रास्थित बबई नदीमा आएको बाढीले गोरखा बायो फर्ममा रहेका बंगुर, बाख्रा, हाँस र कुखुरा बगाएको छ ।


घोराही – १७ का नब जिएम, खुसीराम चौधरी, खगेन्द्र पुन, डोरबहादुर केसी र घोराही – १३ का रबिलाल घर्तीले मिलेर संयुक्त रुपमा संचालन गरेको फर्मका एक सय ४५ हाँस, २५ वटा बंगुरको बच्चा, एकसय लोकल कुखुरा, ३९ वटा टर्की बगाएर लगेको छ । प्रहरीले उक्त फर्मबाट ४ वटा बाख्रा भने उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *