२०८१ असोज ४ गते शुक्रवार

राप्तीको बाढीले बगाउँदा दुइ जना बेपत्ता , खोलाले ट्रयाक्टर बनाउँदा एक जनाको मृत्यु

शुक्रबारदेखिको अबिरल बर्षाले के कस्तो क्षति भयो ?

तुलसीपुर, असार २२ । दाङमा राप्ती नदीमा आएको बाढीले बगाउँदा दाङमा दुइ जना बेपत्ता भएका छन् । खोलाले ट्रयाक्टर बगाउँदा अर्का एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखिको अबिरल बर्षा पछि राप्ती नदीमा आएको बाढीले बगाउँदा राजपुर गाउँपालिका – २ का १९ बर्षीय राजकुमार यादब बेपत्ता छन् । लमहीमा बिहानै दूध बेच्न आएका उनी शनिबार बिहान लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढीले बगाएपछि बेपत्ता भएका हुन ।
राजपुर – २ का ४० बर्षीय दयाराम यादव र ४८ बर्षीय तुलाराम यादवको भने उद्धार भएको थियो । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेका थिए । उनीहरले सिमलको रुखमा चढेर गुहार मागेका थिए ।
इलाका प्रहरी कार्याल अमेलियाका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजी कार्य जारी छ ।

त्यस्तै लमही नगरपालिका – ८ बग्रापुरस्थित नयाँ बस्तिका ६२ बर्षीय मनियम चौधरी बेपत्ता छन् । बिहान ११ बजेतिर बग्रापुर गएका उनलाई राप्ती नदीमा आएको बाढीले दिउँसो साढे बजेतिर बगाएर बेपत्ता पारेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार चौधरीको खोजीमा नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाइ गण भालुवाङको टोली खटिएको छ ।

त्यस्तै जिल्लाकै राजपुर गाउँपालिका – ५ सालभांैडीस्थित गंगदी खोलामा आएको बाढीले ट्रयाक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको छ । खोलामा आएको बाढी कम भएपछि दिउँसो ट्रयाक्टर निकाल्ने क्रममा चौधरीको शब ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको थियो । त्यसअघि उनलाई खोलामा आएको बाढीले बेपत्ता बनाएको आशंकामा खोजी गरिएको थियो ।

खोलाको बाढीले ट्याक्टर बगाउँदा स्थानीय २४ बर्षीय राजकुमार चौधरी र २३ बर्षीय महेश यादब सामान्ने घाइते भएको प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *