२०८१ भाद्र २३ गते आइतवार

बाढी पीडितको उद्धारमा तदारुकतासाथ लाग्न चौधरीको आग्रह

तुलसीपुर, असार २२ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बाढीमा बेपत्ता भएकाहरुको खोजीमा तदारुकता दिन राज्यका अंगहरुलाई आग्रह गरेका छन् ।

यसअघिका मुख्यमन्त्रीसमेत रहेका चौधरीले अबिरल बर्षापछि उत्पन्न परिस्थितिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । प्राकृतिक बिपतको समयमा सबै मिलेर प्रतिकार्यमा जुट्न उनले आग्रह गरेका छन् ।


बिपतको अवस्थामा सम्पूर्ण ब्यक्ति सजग र सहज बन्न आग्रहपनि गरेका छन् । प्राकृतिक बिपत्तिमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै यसअघिका मुख्यमन्त्री चौधरीले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *