२०८१ भाद्र २६ गते बुधवार

बाढी, पहिरो पीडितको उद्धार तथा राहातमा खट्न आग्रह

तुलसीपुर, असार २२ । नेपाली काँग्रेसका सभापति शंकरप्रशाद डाँगीले बाढी, पहिरो पीडित तथा डुवानमा परेको उद्धार तथा राहातमा खट्न आग्रह गरेका छन् ।

पार्टीका नेता कार्यकर्ता, भातृ संघ संगठन सबैलाई आफ्नो सुरक्षाको ख्याला राखी सहयोग, राहात तथा उद्धारमा खटिन आग्रह गरेका छन् ।
नदी तथा खोला तटिय क्षेत्रका सर्वसाधारणलाई सचेत रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गर्दै काँग्रेस सभापति डाँगीले स्थानीय प्रहरी प्रशासनलाई चनाखो भइ काम गर्न आग्रह गरेका छन् ।

सभापति डाँगीले बिपतको समयमा मानविय नाताले प्रहरी प्रशासनदेखि सबै निकायसंग मिलेर पीडितको उद्धार, राहात तथा सहयोगमा आ–आफ्नो क्षेत्रमा खटिन आग्रहपनि गरेका छन् ।

सभापति डाँगीले आँफुपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न तथा अप्ठेरोमा परेकाहरुलाई मानविय नाताले सहयोगमा जुट्न आग्रह गरेका हुन ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *