२०८२ असार ७ गते आइतवार

दाङमा दूध बेच्न आएका युवकलाई बाढीले बगायो

तुलसीपुर, असार २२ । राप्ती नदीले बगाउँदा राजपुरका एक युवक बेपत्ता भएका छन् । दुइ जनाको उद्धार भएको छ ।

जिल्लाको राजपुर गाउँपालिका – २ का १९ बर्षीय राजकुमार यादव राजकुमार यादबलाई शनिबार बिहान लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढीले बगाएपछि बेपत्ता छन् । उनी बिहान राजपुरबाट दूध बेच्नका लागि लमही आएका थिए ।


राजपुर – २ कै ४० बर्षीय दयाराम यादव र ४८ बर्षीय तुलाराम यादवको भने उद्धार भएको छ । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेका हुन ।
उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका थिए । केही बेरमा सशस्त्र प्रहरी पुगेर उनीहरुको उद्धार गरेको हो ।

इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजी कार्य भइ रहेको बताए ।

राप्तीमा बाढी ठूलो रहेकोले तत्कालै नदीमा पसेर खोजी गर्ने कार्य कठिन रहेको पनि उनले बताए ।

तीन जना बिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएकाहरु हुन । उनीहरु संगै फर्किने क्रममा थिए ।

तस्बिर – टेकबहादुर पुनको सामाजिक संजाल बाट

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *