शिवु खनाल , लमही, असार २१ । दाङको लमहीमा शुक्रबार अर्कौ एउटा नयाँ स्केट पार्क संचालनमा आएको छ ।
‘द अल्टीमेट स्केट पार्क’ शुक्रबारदेखि लमहीका संचालनमा आएको हो ।
लमही नगरपालिका – ५ लमहीमा नयाँ स्केट पार्क संचालनमा आएको हो । यो लमहीको दोस्रो स्केट पार्क हो ।
लमहीका युवा यादव पाण्डे, विजय पुन र अनुप बुढाको संयुक्त लगानीमा लमहीमा नयाँ स्केट पार्क संचालनमा आएको हो ।
लमही नगरपालिका मेयर जोगराज चौधरीले स्केट पार्कको उद्घाटन गरेका हुन । युवाले लमहीमा एउटा नयाँ खेल भित्र्याएर लमहीको खेल क्षेत्रको बिकासमा टेवा पु¥याएको मेयर चौधरीले पार्कको उद्घाटन पछि बताए ।
स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने आशा ब्यक्त गरे । लुम्बिनी प्रदेश स्केटका अध्यक्ष अरूण लहरेले स्केट एक साहसी खेल भएकोले यसबाट बालबालिकाको शारिरीक ब्यायाममा सघाउ पुग्ने बताए । उनले अब इच्छुक युवा युवतीले अब नियमित रूपमा ब्यायाम तथा मनोरञ्जनका लागि स्केट खेल्न पाउने बताए ।
‘द अल्टीमेट स्केट पार्क’का संचालक यादव पाण्डेको अध्यक्षतामा भस्को उद्घाटन कार्यक्रमलाई कार्यक्रमलाई लमही – ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी , नेपाल स्केट संघका केन्द्रीय सदस्य माइकल बस्नेत, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषाल, अस्थायी ट्राफिक पोष्ट लमहीका प्रमुख टेकबहादुर कुशारी लगायतले नयाँ खेलबाट बालबालिकाले मनोरञ्जन लिनुका साथै शारिरीक ब्यायमसमेत बताएका थिए ।
स्केट पार्कका अर्का संचालक विजय पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संचालक अनुप बुढाले गरेका थिए ।
दाङ जिल्लामा अहिले छ वटा स्केट पार्क संचालनमा छन् । तुलसीपुरमा मात्रै दुइ वटा त्यस्ता पार्कहरु संचालनमा रहेका छन् । जिल्लाको पहिलो स्केट पार्क भने घोराहीमा संचालनमा आएको थियो ।
स्केटिङ बिषेश गरि बिदेशमा लोकप्रिय छ । पछिल्लो समय नेपाली किशोर तथा युवाहरुको पनि यो खेलमा उत्तिकै आकर्षण देखिन थालेको छ ।
स्केट पार्क उदघाटन पछि लमहीका मेयर, वडा अध्यक्ष र वडा प्रहरी प्रमुख लगाएतले स्केटिङमा रमाउन प्रयास गरेका थिए ।