२०८१ भाद्र २५ गते मङ्गलवार

रोल्पा जिप दुर्घटना – मृतको संख्या ७ पुग्यो

दाङ, असार १८। रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या सात पुगेको छ ।

अस्पतालमा पु¥याएका १५ घाइते मध्य चिकित्सकले सात जनालाई मृत घोषणा गरेका हुन ।

मृतक मध्य पाँच महिला र दुइ पुरुष छन् । एक जना १७ ÷ १८ महिनाकी बालिकाको पनि मृत्यु भएको छ । ।

मृतक मध्य राति ११ बजेसम्म एक जना झुपलाल डाँगीको मात्रै नाम खुलेको भएपनि ठेगाना भने खुलि सकेको थिएन ।

गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले पाँच जनाको घटनास्थलमै मृत्यु भएको बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार आठ घाइते मध्य चालक र अर्का एक बालकलाई भैरहवाका लागि राति १० बजेपछि नै रिफर गरिएको थियो । अन्य घाइतेको अवस्थापनि गम्भीर रहेको हुँदा रिफरको तयारी गरिएको छ ।

दुर्घटनाको मुख्य कारण पहिरोलाई मानिएको छ । जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको थियो ।
प्रहरी प्रमुख लामाका अनुसार जिप गुडिरहेको समयमा अगाडि पहिरो झरेपछि चालकले ब्याक गरेका थिए । ब्याक गरे पछि स्टार्टमै गाडी रोकेर उनी जिप बाट ओर्लिएर ढुँगा (ओट) हाल्न भनेर पछाडि गएका थिए ।


त्यही समयमा फेरि जिप चिफ्लिएर खस्न थालेपछि चालक दौडिएर गाडीको स्टेरिङ समाप्ने उदेश्यले गाडीमा छिरेका थिए । तर, चालकले जिप नियन्त्रणमा लिन नपाउँदै जिप संगै उनीपनि खसेको भन्ने खुलेको डिएसपी लामाले बताए ।

घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप बेलुकी ६ बजेतिर माडी गाउँपालिका – ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।


सुरुमा ११ जना गम्भीर घाइतेको उद्धार गरि अस्पताल पु¥याइएको थियो । अन्य चार घाइते पछि मात्रै फेला परेको प्रहरीले बताएको छ ।
घाइते मध्य अधिकाँसको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *