२०८१ असोज ४ गते शुक्रवार

किरण शाह र ऋषिराज (अरुण) लहरेलाई अध्यक्षबाट नहटाउन अदालतको अन्तरिम आदेश

तुलसीपुर, असार १६ । उच्च अदालत तुलसीपुरले तुलसीपुर दाङका दुई बिद्यालयका ब्यबस्थापन समिति अध्यक्षलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका – ८ अश्वाराको अश्वारा माध्यामिक बिद्यालय अश्वारका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किरण शाह र तुलसीपर – १२ स्थित महेन्द्र माध्यामिक बिद्यालय तुलसीपुर कपडादेबीका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण) लाई तत्कालका लागि बिद्यालय ब्यबस्थापन समितिबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

अबैध रुपमा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा चयन भएको भन्दै उनीहरुले नेतृत्व गरेको बिद्यालय ब्यबस्थापन समिति बिघटन र पुनः बिद्यालय ब्यबस्थापन समिति चयनको प्रक्रिया सुरु गर्नुपर्ने मागसहित तुलसीपुर नगर शिक्षा समिति अदालत पुगेको थियो ।
त्यो निर्णयका बिरुद्ध अश्वारा माविका अध्यक्ष शाह र महेन्द्र माविका अध्यक्ष अदालत गएका थिए ।

हालसालै अदालतले उनीहरुको मुद्दा उपर सुनुवाइ गर्दै तीन बर्षे कार्यकालका लागि बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष र सदस्य चयन भएको हुँदा समय नपुग्दै तथा सम्बन्धित ब्यक्तिहरुलाई सफाइ दिने समेत मौका नदिनु सही नभएको उल्लेख गरेको छ ।

बिद्यालयमा सन्तुलन कायम राख्नका लागि पनि उनीहरुलाइ हटाउने भन्ने निर्णय तत्काल कार्यान्वय नगर्न नराउनु भनि उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

निबेदकका पक्षबाट बरिष्ट अधिबक्ता डिल्लीराज धिताल र अधिबक्ता मधुसुदन गौतमले बहस गरेका थिए ।
आफ्नो पक्षमा अदालतको आदेशपछि राजनीतिक पूर्वाग्रहका कारण आँफुहरु माथि अन्यया गर्न खोजीएपनि अदालतले न्याय दिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शाह र लहरेले प्रतिक्रिया दिएका छन् ।


नेपाली काँग्रेस निकटका चार जना ब्यक्ति बिद्यालय ब्यबस्थापन समिति चयन भएको बिषयलाई लिएर नगर शिक्षा समिति अदालत पुगेको थियो । ती चार मध्य शंकर खड्का र हिमबहादुर डाँगी भने अदालत गएका थिएनन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *