२०८१ भाद्र २३ गते आइतवार

ससुराको गोठमा आगो लगाइदिएको अभियोगमा बुहारी पक्राउ

तुलसीपुर ,असार १६ । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगो लगाएको अभियोगमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटीबाट गोठको छानामा आगो सल्काइदिएकी थिइन् ।

आगलागी हुँदा गोठ पूरै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले खेमलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *