बिजौरी ,असार १५ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले बिपद ब्यबस्थापन समिती गठन गरेको छ ।
शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा हुन सक्ने दुर्घटनालाई सहज बनाउन र दुर्घटना भएको भएको खण्डमा तत्काल उद्रार गर्नका लागि बिपद समिती गठन गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बाल कृष्ण रेग्मीको सयोजकत्वमा सात सदस्यीय बिपद समिति गठन गरिएको छ । जसको सदस्यहरुमा बिजौरी उबासघका उपाध्यक्ष चित्र बहादुर खडका,प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज भरत वली,प्रहरी चौकी बेलझुण्डीका इन्चार्ज मान बहादुर चौधरी,रेडक्रस बिजौरी उपशाखाका उप-काेषाध्यक्ष बिदुर गौतम,पदम वली, पत्रकार सागर रोका रहेका छन ।
शाखाले आफ्नो क्षेत्र भित्र रहेका स्थानीय सरकार,प्रहरी प्रशासन संघ संस्था पत्रकार लगाएतको साथ र सहयोगमा बिपत अवस्थामा रहेकालाई व्यवस्थापन गर्नको लागि समिती गठन गरिएको जनाएको छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न १९ का अध्यक्ष प्रेमनाथ योगीले बर्खा याममा हुने जोखिम बिपत्तीबाट जोगिन वडा सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै बाढि पहिरोबाट हुने क्षतीबाट बच्न र बचाउनको लागी सबैको सरोकारवालाले ध्यानाकर्षण गर्नुपर्ने शाखा उप-काेषाध्यक्ष बिदुर गौतमले बताए ।
बिजौरी उद्योग बाणिज्य संघका उपाध्यक्ष चित्र बहादुर खड्काले भैपरि आउने बिपद ब्यबस्थापनका लागि सघको तर्फबाट सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रमको सहजीकरण रेडक्रस उपशाखा बिजौरीका सचिब मुकेश वलीले गरेका थिए ।