तुलसीपुर,असार १० । दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका बालकलाई चट्याङ लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
घर अगाडि रहेको भाँडा राख्ने र्याकमा चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने १० वर्षका सुवास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।
चट्याङ लागेर घाइते भएका सुवासलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्याइएको र अस्पताल पुर्याए लगत्तै डाक्टरले बालकलाई मृत घोषणा गरेका थिए।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार