२०८१ असोज ३ गते बिहिवार

भोटेचौर नै छत्रेश्वरीको स्थायी केन्द्र


शंकर केसी, सल्यान, असार १० ।सल्यानको छत्रेश्वरी गाउँपालिकाले स्थायी केन्द्र भोटेचौरलाई नै आफ्नो स्थायी केन्द्र बनाउने निर्णय गरेको हो ।

आइतबारको १६ औँ गाउँसभाले भोटचौरलाई गाउँपालिकाको स्थायी केन्द्र तोकेको हो ।
गाउँसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि पारित गरेको छ ।


गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले नीति तथा कार्यक्रम पेश गरेका हुन भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुमानित बजेट पेश गरेकी हुन ।

गाउँपालिकाले ४९ करोड १७ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । चालु तर्फ ३४ करोड ५५ लाख ३५ हजार र पुँजीगत तर्फ १४ करोड ६१ लाख ९३ हजारको बजेट प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *