
दाङ,जेठ १९ । दाङमा ट्याक्टर दुर्घटना हुँदा २१ मजदुर घाईते भएका छन् । दाङको घोराह–मुर्कुटी सडकखण्ड निर्माणका लागि मजदुर बोकेर जाँदै गरेको रा १ त १००६ नम्वरको ट्याक्टर बंगलाचुली गाउँपालिका वडा नं. ६ मा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
दाङ जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले घाइते मध्य सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ का १९ बर्षीय राजेश विकको घुँडादेखि दाहिने खुट्टाको चुडिएको जानकारी दिए । दुर्घटनाका घाइते मध्य केही उपचार पछि डिस्चार्ज भइसकेको र अन्य केहीको घोराही स्थित राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
चालक पनि उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीको भनाई छ । अन्य घाइते सबैको अवस्था खतरा मुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा कुल २२ जना सवार रहेपनि एकजनाको अवस्था भने सकुशल रहेको छ ।
ट्याक्टर आइतवार विहान साढे ६ बजेतिर तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको नाम
स्थानिय ल्वारपानि स्वास्थ्य चौकी मुर्कुट्टीमा उपचार भईरहेका घाईतेहरु :
१. दाङ बंगलाचुली गा.पा.३ का ४६ बर्षीय बाबुराम राना
२. ” ” ४५ बर्षीय टुकमान खत्री
३. ” ” १८ बर्षीय हस्त बहादुर नेपाली
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ उपचार भईरहेका घाईतेहरु :
४. सल्यान छत्रेश्वरी गा.पा.१ का २३ बर्षीय केशर बुढा
५. ” ” १९ बर्षीय नवराज घर्ति
६. बाके खजुरा गा.पा. ६ का ३४ बर्षीय टेक ब. परियार
७. सल्यान छत्रेश्वरी गा.पा.४ का १९ बर्षीय राजेश बि.क.
८. बाके कोहलपुर न.पा. १३ का २३ बर्षीय निम ब. नेपाली
९. बाके खजुरा गा.पा.६ का १८ बर्षीय बिकाश नेपाली
१०. ” ” ६० बर्षीय भक्त ब.परियार
११. बाके कोहलपुर न.पा.१२ का ३२ बर्षीय हेमलाल परियार
१२. दाङ बंगलाचुली ३ का ४९ बर्षीय श्रिधर महरा
१३. ” ” २५ बर्षीय निमा बिस्ट
१४. दाङ घोराही उपमहानगरपालिका १४ का २५ बर्षीय आशा रोकामगर
१५. दाङ बंगलाचुली गा.पा.३ का ३८ बर्षीय सरस्वती महरा
१६. ” ” २३ बर्षीय शशिधर बिष्ट
१७. बाके खजुरा गा.पा.६ का १७ बर्षीय संकर परियार
१८. रोल्पा न.पा.६ का १६ बर्षीय बिबेक बि.क.
१९. सल्यान छत्रेश्वरी ४ का ४७ बर्षीय हरि घर्ति
२०. ” ” २ का ३२ बर्षीय दिल ब. बस्नेत
२१. दाङ वंगाचुली गा.पा.वडा नं.५ का २६ बर्षीय अनराम घर्तिमगर (चालक )