२०८२ मङ्सिर १९ गते शुक्रवार

टरिगाउँ एयरपोर्टको स्तरबृद्धि हुने


दाङ, जेठ १५ ।
दाङको टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुने भएको छ । सरकारको नीति तथा कार्यक्रममा त्यो कुरा उल्लेख गरिएको छ । बुधवार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणमा त्यो कुरा उल्लेख गरेका हुन् ।

त्यस्तै बजेट भाषणमा माडी–दाङ डाइभर्सनका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा पनि उल्लेख गरेका छन् । त्यस्तै अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट भाषणमा दाङका बाढीपीडितको लागि घर निर्माण गरिदिन बजेट विनियोजन गरिएको उल्लेख गरे ।

तर कति बजेट भन्ने कुरा भने उनले खुलाएनन् । बजेट बक्तव्यमा दाङ रोल्पाको शहिद मार्गमा स्तरोन्नतीको लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । यी चारवटा बाहेक दाङका लागि उल्लेख गर्न लायकका अन्य बजेट बक्तव्यमा समावेश छैन ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *