२०८१ चैत्र ६ गते बुधवार

प्रेस युनियनद्वारा स्थापना दिवसमा वद्धवृद्धालाई फलफूल


दाङ, १३ जेठ ।
नेपाल प्रेस युनियनको २८औँ स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले फलफूल वितरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को तेरौटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको हो ।

प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा दाङ शाखाका सल्लाहकार सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, प्रेस युनियन दाङका निवर्तमान उपाध्यक्ष बसुन्धरा गौतमलगायतका पत्रकारहरुको फलफूल वितरण कार्यक्रममा सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव आरके शीतलले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *