२०८१ बैशाख ६ गते बिहिवार

प्रहरीले सयौं गाँजाको बोट नष्ट गर्यो


दाङ, जेठ,८ । दाङमा प्रहरीले बुधवार स्थानीयको खेतवारीमा जागेको झन्डै २ हजार २ सय गाँजाको बोटहरु नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा विभिन्न व्यक्तिको खेतवारीमा आँफै जागेको गाँजाको बोटहरु नष्ट गरिएको छ । घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको अगुवाईमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण र जिल्ला प्रहरी कार्यालय घोराहीवाट खटेको प्रहरीले टोलीले ती गाँजाको बोटहरु नष्ट गरेको हो । गाँजा फडानी गर्न झन्डै ४५ जनाको हाराहारीमा प्रहरी र जनप्रतिनिधि खटिएका थिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न व्यक्तिको खेतवारीमा रहेको प्रतिवन्धित लागु गाँजा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । त्यत्तिकै बेवारिसे अवस्थामा जागेर हुर्केको गाँजा पछि स्थानीय किसानले पनि खेति गर्न थाल्लान र कतिले त्यसको सेवन समेत गर्न सक्ने संभावनालाई मध्यनजर गर्दै गाँजाका बोटहरु नष्ट गरिएको डिएसपी शाहले बताए । नेपालको कानुनले गाँजाको खेति र गाँजा सेवनमा प्रतिवन्ध लगाउँदै आएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *