२०७७ कार्तिक ४ गते मङ्गलवार

मानव अधिकार सम्बन्धि चलचित्र प्रदर्शनी हुँदै

दाङ, जेठ ८ । मानव अधिकार चलचित्र केन्द्र काठमाण्डौको आयोजनामा भोली विहिवार घोराहीमा मानव अधिकार सम्बन्धि चलचित्र प्रदर्शनी हुंदैछ । साथै कार्यक्रममा सुरक्षित आप्रवाशनकालागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुन लागेको छ ।

बैदेशिक रोजगारीमा जानुपुर्वको तयारीका अवस्थामा जानकारीमुलक सन्देश दिने उदेश्यले आयोजना गरिएको सो चलचित्र प्रदर्शनी तथा फोटो प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक संस्थाका कार्यकारी निर्देशक पाण्डव खत्रीले बताएका छन् । दिउसो साढे २ बजे जिल्ला समन्वय समितिको सभाहलमा हुने सो प्रदर्शनीमा उपस्थीतिकालागी आयोजकले मानव अधिकारकर्मि, सन्चारकर्मि, नागरीक समाज, बैदेशिक रोगजारीमा जान चाहने व्यक्तिहरु त्था बैदेशिक रोजगारीबाट फर्केका व्यक्ति लगायत सम्पूर्ण जिल्लाबासीमा आग्रह गरेको छ ।

शो प्रदर्शनीमा पवित्रा खड्काद्धारा निर्देशित चलचित्र धर्को, राजेन्द्र कुंवरको फरइभर वेयटिङ, अशोक थापाको द कोरियन ड्रिम, प्रदिप भट्टराइको कुरा कागजको तथा समि परीयोजनाको शिपनै सम्पत्ती हो भन्ने शिर्षकका चलचित्रहरु प््रदर्शनी गरीने छ । करीव दुइ घण्टामा सम्पन्न हुने कार्यक्रम बैदेशिक रोजगार लक्षित तथा आप्रवाशनकालागी विशेष फलदायी हुने आयोजकले दावी गरेको छ ।

मानवअधिकार चलचित्र केन्द्र मानवअधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मी, पत्रकार, अभियान्ता तथा चलचित्रकर्मीहरुद्वारा सन २००९ मा स्थापना गरिएको सो संस्थाले आप्mनो स्थापनाकालदेखि सामाजिक, सांस्कृतिक, राजनैतिक र समाजमा विभिन्न रुपमा पछाडी पारिएका समुदायलाई लक्षित गरी उनीहरुका सवालहरुमा आधारित चलचित्र तथा बृत्तचित्र निर्माण, स्थानिय सामाजिक सवालहरु उजागर गर्नको लागि अधिकारवालाहरुलाई नै चलचित्र निर्माण सम्बन्धी क्षमता विकास तालिम, चलचित्र र मानवअधिकारका बारेमा नियमित छलफल तथा सम्वाद र बार्षिक रुपमा नेपाल मानव अधिकार अन्तर्रराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्दै आएको छ ।

संस्थाको संयोजनमा सातवटा अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव नेपालमा आयोजना भईसकेको छ । गत ०४ देखि ०७ अप्रिल २०१९ मा काठमाडौंमा सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको थियो । उक्त महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फिल्म मेकर, मानवअधिकारकर्मी, फिल्म समिक्षक, पत्रकार, अनुसन्धानकर्ता, मानवअधिकारमैत्री दर्शक लगायत करिब तीन हजार जनाको सहभागीता रहेको थियो ।

उक्त महोत्सवमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पर्यटन बोर्ड, चलचित्र बिकास बोर्ड तथा करिब दुई दर्जन मानवअधिकार क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको सहयोग रहेको थियो । स्वीस बिकास सहयोग (एसडिसी) को सहयोगमा काठमाडौं बाहिरका चार जिल्लाहरुमा बिस्तारित सातौं नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव मध्ये पांच नंवर प्रदेशको दाङ जिल्लामा पनि यो कार्यक्रम हुन थालेको कार्यकारी निर्देशक खत्रीले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *