२०८२ असार ६ गते शनिवार

दंगीशरणमा कृषि वन उपज हाटबजार लाग्ने

दाङ,मंसिर २७ । दंगीशरण गाउँपालिका वडा न. २ कलमखोलामा कृषि वन उपज हाटबजार लाग्ने भएको छ ।

यही मंसीर ३० गते शनिबारदेखि दिन हाटबजार लाग्नेछ । हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्था,दंगीशरण गाउँपालिका २ को आयोजना तथा दंगीशरण गाउँपालिका कृषि विकास शाखा र ग्रिन फाउन्डेसन नेपाल र हरियाली मञ्च नेपालको समन्वयमा कृषि हाटबजार लाग्ने भएको हो ।

बिहान ८ बजेदेखी लाग्ने हाट बजारमा किसानहरुले उत्पादन गरेका खाद्यान्न सामाग्री, तरकारी, फलफुल, ढकिया, दुनाटपरी लगाएत खसि, बोका, कुखुरा लगाएतका कृषि सामग्रीहरु राखिने छ ।

कृषि हाटबजारबाट किसानलाई सहयोग पुग्ने अपेक्षा सहित प्रत्येक महिनाको अन्तिम शनीवार हाट बजार संचालन गर्न लागिएको हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले बताए ।

हाटबजारमा विक्रि नभएका सामाग्री ग्रिन फाउन्डेसन नेपालको सम्वनयमा बजारीकरणको व्यवस्था गरिने भएको छ ।

उपाध्यक्ष विश्वकर्माका अनुसार गत कात्तिक २५ गते पहिलो पटक हाटबजार लाग्दा करीव एक लाख बराबरको कारोबार भएको थियो ।

हाट बजारबाट राम्रो आम्दानी भएपछि किसानहरुको सहजताका लागि फेरी पनि हाट बजार संचालन गर्न लागिएको आयोजकले जनाएको छ । साथै हाट बजारमा निःशुल्क रुपमा स्वास्थ्य शिविर राखिने भएको छ ।

शिविरमा २५ प्रतीशत छुटमा सुगर, ल्याव टेष्ट गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराईने जनाईएको छ ।

वरिष्ठ फिजीसीयन डा. मुक्ति थापा र नशा तथा हाड जोर्नी विशेषज्ञ डा. जिभाष शर्माद्धारा चेकजाँच गरिनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *