२०७७ कार्तिक ११ गते मङ्गलवार

स्थानीय तहको विकासमा बाधा


तुलसीपुर, जेठ १ ।
तुलसीपुर उपमहानगरपालिकाले नयाँ बसपार्कलाई आधुनिक बनाएर सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । उपमहानगरपालिकाले यसै महिनाबाट सञ्चालनको तयारी गरिरहेको उक्त बसपार्क झर्ने ओरालोमा सडक ओगटेर घरहरु निर्माण भएका छन् । नगर कार्यपालिकाको बैठकले बसपार्कको सडक चौडा गर्नका लागि त्यसरी निर्माण गरिएका संरचना हटाउने निर्णय समेत ग¥यो ।

कार्यपालिकाको निर्णयसहितको पत्र बोकेर शाखा अधिकृत टंक गौतम घरधनी कहाँ पुगे । तर कसैले पनि पत्र बुझ्न नमानेपछि उपमहानगरपालिकाले बाध्य भएर प्रक्रिया औपचारिक रुपमा अगाडि बढाउनका लागि सातदिने अल्टिमेटम दिएर स्थानीय पत्रपत्रिकामा सूचनासमेत प्रकाशित ग¥यो ।

सडकको नियमानुसार बीच भागबाट दायाँ र बायाँ १५ मिटरको दूरीमा रहेका संरचना तत्काल भत्काउनका लागि सूचनामा आदेश दिइएको थियो । तर घर नभत्काइयोस् भनेर घरधनीहरुले सात दिने म्याद सकिनै लाग्दा उच्च अदालत तुलसीपुरमा मुद्दा हालेका छन् । ‘हामीमाथि अन्याय भएकाले मुद्दा हालेका हौँ’ एक घरधनीले बताए ।

फाइल तस्विर


उनले दुई दशकदेखि आफूहरु बस्दै आएकाले उपमहानगरपालिकालाई भत्काउन नदिने जिकिरसमेत गरे । अदालतको आदेश पाएपछि उपमहानगरपालिका संरचना भत्काउने कामबाट पछि हटेको छ । ‘अदालतले जे भन्छ हामी त्यही गर्छाै’ नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले सबै कुरामा अवरोध गरेपछि विकासको काम अगाडि बढ्न नसक्नेसमेत बताए ।

‘सडक मिचेर घर बनाउने अनि घर भत्काउन अनुरोध गर्दा मुद्दा हाल्ने परिपाटीले कसरी विकासको काम अगाडि बढ्छ ?’ पाण्डेले प्रश्न गरे । पाण्डेले विकासको काममा अवरोध गर्नका लागि स्वार्थ समूह नै सक्रिय भएको वताए । तुलसीपुरकै वडा नम्वर १९ मा छिल्लीकोट पर्यटन मार्ग निर्माणका लागि प्रदेश सरकारको बजेट प¥यो ।

आर्थिक वर्ष ०७५÷७६ का लागि प्रदेश सरकारले २ करोडको बजेट विनियोजन गरेर कामसमेत अगडि बढाइसकेको छ । दश मिटर चौडाई रहेको सडक करिव १ किलोमिटर सम्पन्न हुनै आँटेको छ । सडक निर्माण गर्दा सामुदायिक वनका रुखहरु काटिने भएकाले वडाले वनको सहमतिसमेत लियो । त्यति मात्रै नभएर मंसिर २९ गते सर्वपक्षीय भेला बोलाई सबै गाउँलेलाई मञ्जुर पनि बनायो ।

खानेपानी सामुदायिक वन र कालिका मालिका जलुके सामुदायिक वनका उपभोक्ता र पदाधिकारीसमेत बसेर सडकले छुने ठाउँका रुखहरु काट्न सहमत मात्रै भएनन् हस्ताक्षरसमेत गरे । विजौरी, हाडिमे हुँदै छिल्लीकोटसम्म पुग्ने १४ किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय दाङले आगामी वर्ष थप १५ करोड बजेट हाल्ने तयारी गरिसकेको छ ।

सडक निर्माणको काम अगाडि बढिरहेका बेलामा केही सीमित व्यक्तिलाई उचालेर स्थानीयले अवरोध सिर्जना गर्न खोजको वडा अध्यक्ष रामबहादुर योगीले वताए । ‘पहिला हुन्छ भनेको कुरामा पत्रकारसमेत प्रयोग गरेर विरोध गर्ने काम भयो’ वडा अध्यक्ष योगीले बताए । उनले विकासलाई अवरुद्ध गर्न खोज्ने तत्वले यस्तो काम गरेको समेत सुनाए ।

‘सबैको सहमतिबाट हामीले सडक निर्माणलाई अगाडि बढाएका हौँ’ योगीले थपे ‘विकास देख्न नसक्नेहरुले अवरोध गर्न खोजेका छन् ।’ अध्यक्ष योगीले गलत तत्वले गरेको चलखेललाई जनताले नै प्रतिकार गर्ने बताए । ‘कुनै एक पक्षले स्वार्थका लागि भ्रामक हल्ला फैलाएर काम रोक्ने प्रयास गरेपनि त्यो हुन दिइने छैन’ योगीले भने ।

उनले जिल्ला वन कार्यालयले समेत स्वीकृति दिएको कुरामा स्थानीय सरकारले वन वेच्यो भन्नु विकास विरोधी कुरा भएको बताए । अध्यक्ष योगीले सडकमा पर्ने सानाखाले रुखहरु काट्ने र नियमानुसार उपभोक्ताले बाँड्ने सहमति भएको जानकारी दिए । ‘सबै काम नियम र सहमति अनुसार नै भएको छ’ उनले भने । अध्यक्ष योगीले केही व्यक्तिको स्वार्थका कारण सडक निर्माण कार्य नरोकिने बताए । ‘जनताको हितमा काम गर्दा मुद्दा खेप्न पनि तयार छु तर काम रोक्दिन’ योगीले भने ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *