२०७७ कार्तिक ८ गते शनिवार

गर्मी बढेसंगै अस्पतालमा बिरामीको चाप बढ्दो

यमकला भुसाल,
तुलसीपुर, बैशाख ३१ । गर्मी बढेसंगै दाङका अस्पतालहरुमा विरामीको चाप बढेको छ । यहाँका अस्पतालहरुमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइड, दम, जंडिस, झाडापखाला लगाएतका रोगका बिरामीहरुको संख्या बढेको छ । राप्ती प्रादेशिक अस्पताल तलसीपुरका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले गर्मी बढेसंगै दैनिक चारसय भन्दा बढी बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए ।

गर्मी समयमा छाला सुख्खा हुने हुँदा छाला सम्बन्धी रोग बढी देखापर्ने डा. शर्माले बताए । गर्मी मौसममा बढी पानी खानुपर्ने, धुँवा धुलोबाट बच्नुपर्ने,घाममा धेरै हिड्न नहुने, बासी तथा सडेगलेका खानाहरु खान नहुने उनले सल्लाह दिए । सावधानी अपनाएमा माथि उल्लेखित अधिकाँस सरुवा जन्य रोगहरुवाट बच्न सहिने डा. शर्माले बताए । जाडो मौसम भन्दा गर्मी मौसममा छिट्टै रोगहरु फैलने हुँदा गर्मी मौसममा आफ्नो स्वास्थ्यका लागि बढी सावधानी अपनाउनु पर्ने उनको कथन छ ।

गर्मी मौसम संगै विरामीको चाप बढेपनि अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको निमित्त प्रमुख डा. शर्माले जानकारी दिए । १६ जना विशेषज्ञ डाक्टर र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल जम्मा ८÷९ जना डाक्टर मात्रै कार्यरत रहेको निमित्त सुपेरिन्टेन्डेन्ट डा.शर्माले बताए । दरवन्दी अनुसारको सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भएको हुँदा यसमा राज्यले ध्यान दिनुपर्ने धारणा राखे ।

हाल अस्पलातमा एक जना मात्रै विशेषज्ञ रहेको अवस्थामा उनी बिदा बस्दा उपचार नै बन्द गर्नुपर्ने अवस्था रहेको शर्माले जानकारी दिए । डां शर्माले अस्पतालको आवश्यकता अध्ययन गरेर मात्रै दरबन्दी थप्ने र डाक्टरको व्यवस्था गर्ने काममा सरकारले ध्यान दिन सकेमा मात्रै सेवा प्रभावकारी हुने बताए ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *