२०७७ कार्तिक ११ गते मङ्गलवार

चितुवाको छालासहित तीन पक्राउ


दाङ, बैशाख २९ ।
दाङ प्रहरीले चितुवाको छालासहित भालुवाङबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिकराम भण्डारी र ३२ वर्षीय दिपक भण्डारी रहेको जिल्ला प्रहरीले कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

उनीहरु तीनैजनालाई आइतबार बिहान साढे १० बजेतिर भालुवाङ बजारबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट ध्वाँसे चितुवाको छाला बरामद भएको र उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लमही दाङको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *