२०७७ कार्तिक ९ गते आइतवार

जंगलकुटीमा पत्रकारको जमघट


छवि पुरी,
वैशाख २८ । गढ्वा गाउँपालिका अध्यक्ष सहजराम यादवले बाघनाथ जंगल कुटीलाई ऐतिहासिक सम्पदाको रुपमा विकास गर्न गाउँपालिका लागि परेको बताएका छन् । यादवले बाघनाथ बाबा जंगल कुटीको इतिहासलाई जिवित राख्न वृहत योजनासहितको कार्यक्रम बनाएर गाउँ पालिकाले काम गरिरहेको बताएका हुन ।

शनिवार गढ्वा गाउँपालिकाले गढ्वा गाउँपालिका—३ जंगलकुटीमा आयोजना गरेको गढ्वा गाउँपालिकाको विकासमा संचार माध्यमको भूमिका विषयक अन्तक्र्रिया तथा नयाँ वर्ष २०७६को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले त्यहाँ रहेका अरु थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाको संरक्षण सँगै प्रचार प्रसारमा ध्यान दिएको बताए। बाघनाथ जंगल कुटीको विकास र व्यवस्थापनका लागि अहिले पनि सडक, विद्युत तथा खानेपानीको असुविधा रहेकाले प्रति गाउँपालिकाले आगामी दिनहरुमा युद्धस्तरमा काम गर्ने उनले दाबी गरे ।

फरक प्रसंगमा, उनले विकासका नाममा अहिले प्राकृतिक बस्तुको अनाधिकृत रुपमा भइरहेको दोहन रोक्नु पर्ने बताए । विकास निर्माणमा सवैको साथ सहयोग लिएर काम गर्न आफु सँधै लागि परेको भए पनि राप्ती गाउँपालिका र लमही नगरपालिकाले समन्वय विना नै हस्तक्षेपकारी भूमिका खेलि रहेको उनेका आरोप थियो । उनले आफ्नोे सीमा क्षेत्रमा नदीजन्य बस्तुको उत्खनन् गर्नुपर्ने भएपनि गढ्वा गाउँपालिकाको सीमाना भित्र आएर अरु पालिकाले खुलेआम उत्खनन् गरेर गढ्वा गाउँपालिकालाई बदनाम गराउन खोजेको दाबी गरे ।

त्यसैले आम संचारमाध्यम र पत्रकारले यथार्थ बुझेर समाचार सम्प्रेषण गरि दिन उनले आग्रह गरे । विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विकासका नाममा जनताको आवश्यकता के हो ? भनेर बुझेर मात्रै काम गरे त्यसले पूर्णता पाउने बताए । स्थानीय श्रोत साधनको सही सदुपयोग गरेर पर्यावरणका प्रतिकूल असर नपर्ने गरी काम गरे कुनै समस्या नहुने दावी उनले स्पष्ट पारे । दाङमा विगतबाट नै नदीजन्य बस्तुको उत्खनन्मा विवाद देखिदै आएकाले यसको समूचित व्यवस्थापन गरी समाधान खोजेर काम गर्न सके राम्रो उनले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको अन्तक्र्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको हो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५का सदस्य लालबहादुर भण्डारी, बाघनाथ जंगल कुटीका अध्यक्ष आशाराम चौधरी, राजमो गढ्वाका अध्यक्ष कपिलदेव खनाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा गढ्वाका हेमनारायण पौडेल, नागरिक समाज दाङका सहसंयोजक निमबहादुर थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेलगायतले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, गढ्वा गाउँपालिकाका पदाधिकारी, राजनीतिक दललगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *