२०८१ बैशाख ७ गते शुक्रवार

शिक्षा सुधारको योजना वनाउँदै तुलसीपुर उपमहानगर


तुलसीपुर, वैशाख २७ । सार्वजनिक शिक्षा सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले योजना निर्माण गर्न लागेको छ । सार्वजनिक विद्यालयको सिकाई उपलब्धि आशातित रुपमा राम्रो हुन नसकेपछि उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुबाट शैक्षिक सुधारको योजना निर्माण गर्न लागेको शिक्षा प्रमुख भाष्कर गौतमले जानकारी दिए । उनले पहिलो चरणमा विभिन्न पेशागत शिक्षक नेतृत्वसँग छलफल तथा सुझाव संकलनको काम अगाडि वढाएको समेत वताए । ‘विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्नेछौ’ उनले भने ।

विभिन्न पेशागत संगठनका ३० जना शिक्षकहरुको सहभागितामा योजना निर्माण गरिएको पनि उनले वताए । योजना निर्माण गर्दा सामुदायिक विद्यालयको शिक्षा सुधार हुन नसक्नुको कारण, त्यसको उपाय र सुधारका लागि पेशागत शिक्षकको भुमिका कस्तो हुन सक्छ भनेर चर्चा गरिएको पनि प्रमुख गौतमले जानकारी दिए ।

सामुदायिक विद्यालय सुधार्नका लागि उपमहानगरपालिकाले योजना निर्माणमा प्राथमिकता दिएको भन्दै दिपेन्द्र मावि मानपुरका गिरीराज लम्सालले खुसी व्यक्त गरे । कुनै पनि कुरा राम्रो वनाउनका लागि सबै पक्षको उत्तिकै भुमिका हुने भन्दै लम्सालले गहन ढँगले अध्ययन भएपछि सुधारको काम अगाडि वढ्न सक्ने वताए । ‘हामीकहाँ सतही रुपमा विश्लेषण गर्ने प्रवृत्ति रहेको छ गहन ढँगले अध्ययन नगरेर कसरी शिक्षाको अवस्था सुधारिन्छ’ लम्सालले भने ।

सामुदायिक विद्यालयको सुधारका लागि विभिन्न २४ वटा क्षेत्रमा आधारित रहेर प्रश्न गर्न लागिएको स्रोत व्यक्ति मुकुन्द रिजालले जानकारी दिए । स्रोत व्यक्ति रिजालका अनुसार सबैका सुझावहरुलाई संकलन गरेर निष्कर्ष निकाली कार्यान्वयन गरिनेछ । शिक्षा क्षेत्रमा पेशागत शिक्षकको भुमिका अहम् हुने उनको भनाई थियो । ‘शिक्षक आफैले योजना वनाउँदा काम गर्न सजिलो होस् भनेर यस्तो गरिएको हो ’ रिजालले भने सामुदायिक विद्यालय सुधारका लागि विद्यालय पहुँच, पाठ्यक्रम, शिक्षण विधि, मुल्यांकन लगायत विभिन्न विषयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको टिच फर नेपालका निर्देशक शिशिर खनालले वताए । उपमहानगरपालिकाका शिक्षा सल्लाहकार समेत रहेका खनालले सामुदायिक विद्यालयतर्फको आकर्षण वढाउनका लागि शिक्षक आफै जागरुक हुनुपर्ने वताए ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *