२०७७ कार्तिक १५ गते शनिवार

दाङको तापक्रम झन्डै ३९ डिग्री सेलसियस


दाङ, वैशाख २७ । दाङको अधिकतम तापक्रम शुक्रवार झन्डै ३९ डिग्री सेलसियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीका अनुसार शुक्रावर दिउँसो साढे २ बजेको अधिकतम तापक्रम ३८.४ डिग्री सेलसियस मापन भएको छ । यसअघि बैशाख १८ गते दाङको अधिकतम तापक्रम ३९.१ डिग्री सेलसियस मापन भएको थियो ।

मौसम विभागका अनुसार शुक्रवार विहान ८ ः ४५ बजे मापन गरिए अनुसार जिल्लाको न्यूनतम तापक्रम २३.४ डिग्री सेलसियस र सापेक्षित आद्रता १४ प्रतिसत रहेको थियो । आँकाशमा बादल देखा नपर्दा सम्म तापक्रम अझैं बढ्दै जाने संभावना रहेको मौसम कार्यालयले जानकारी दिएको छ । आजकल आँकाश खुल्ला रहेको हुँदा बादल नलाग्दा सम्म तापक्रम बढ्दै जाने मौसम विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *