२०८१ बैशाख ७ गते शुक्रवार

कुवा निर्माणले जनतामा उत्साह


तुलसीपुर, वैशाख २७ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ साजखुट्टी र सिमलखुट्टीका जनतालाई लक्षित गरेर उपमहानगरपालिकाले कुवा निर्माण गर्न थालेको छ । खानेपानीको अभावमा खोलाको पानी खान वाध्य जनताहरुलाई लक्षित गरेर उपमहानगरपालिकाले ४ वटा कुवा निर्माण गर्न थालेको हो ।

‘जनताले धेरै दुख पाएपछि हामीले उपमहानगरलाई आग्रह गरेर कुवा निर्माणको पहल गरेका हौ’ स्थानीय समाजसेवी मोहन पौडेलले जानकारी दिए । समाजसेवी पौडेलका अनुसार एक महिना भित्रै कुवा निर्माण गरेर सञ्चालनमा ल्याइनेछ ।

स्थानीय सरकारले समस्या वुझेर कुवा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीहरु निकै खुसी देखिन्छन् । उपमहानगरपालिको नगरस्तरिय योजनाका रुपमा राखेर करिव ३ लाख ५० हजारको लागतमा कुवा निर्माण गर्न थालिएको हो । ‘उपमहानगरपालिकाको आर्थिक सहयोगका साथै हामीले श्रमदान गरेर कुवा निर्माण गर्न लागेका हौ ’ समाजसेवी पौडेलको भनाई छ ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *