दाङ, वैशाख २३ । सवारी दुर्घटनामा परि दाङमा एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ५ मौरीघाट निवासी ३३ बर्षीय गणेश घर्ती मगरको पिकअप भ्यानको ठक्करवाट मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत आइतवार विहान साढे ७ बजेतिर पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ग २ च ६११ नम्वरको पिकअपले साईकलमा सवार घर्ती मगरलाई पाखापानीमा ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।
भालुवाङस्थित राप्ती पोलिक्लिनिकको प्रारम्भिक उपचार पछि थप उपचारको लागि लम्विनी हस्पिटलमा लगिएका घर्तीको उपचारका क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार