२०७७ कार्तिक ९ गते आइतवार

घोराही कारागारका कैदीबीच झडप


दाङ, वैशाख २० । दाङको घोराहीस्थित कारागार भित्रै कैदी बन्दीका बीचमा आपसमा मध्य रातमा झडप भएको छ । उक्त झडपमा परि पाँच जना घाइते भएका छन् भने त्यसमध्य एकजनाको हात फ्याक्चर भएको छ । झडपमा परि भाई नाईके डम्मर कुँवरको बाँया हात फ्याक्चर भएको छ भने नाईके अर्थात चौकीदार विप्लव सेन वली, पूर्व दाई नाईके हिमाल डाँगी, दाई नाईकहरु आदित्य बगाले र प्रेम प्रकाश वली पनि घाइते भएका छन् । घाइते सबैको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

कारगार भित्र नाईकेले आर्थिक अनियमिता गरेको तथा चरम गुटवन्दी गरेको आरोप लगाउँदै पूर्व दाई नाईके मिहाल डाँगीको समुहले नाईकेको समुहमाथि शुक्रवार विहान डेढ बजेतिर एकाएक आक्रमण गरेको थियो । नाईकेको समुहको व्यवहार प्रति असन्तुष्टि जनाउँदै पूर्व दाई नाईके हिमाल डाँगी,प्रेम पुन, किशोर लामा र देबबहादुर वलीको समुहले आक्रमण गरेको खुल्न आएको छ ।

एकले अर्काेमाथि हैकम जमाउन खोज्दा झडप
कारागार भित्रै फरक मत राख्नेमाथि एक समुहले अर्कौ समुह माथि हैकम जमाउन खोज्दा कैदी बन्दीको बीचमा आपसमा झडप भएको विश्वसनिय स्रोतले बताएको छ । आफु समर्थकलाई हरेक व्यवस्थापनदेखि खानामा समेत विभेद गरेका कारण अधिकारको लागि लडाई लड्नु परेको असन्तुष्ट पक्षले बताएको एकजना प्रहरी अधिकारीले जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले आफु सुरक्षा समितिको बैठकका कारण रोल्पा भएको हुँदा झडपको कारण बुझ्न नपाएको बताए । उनले प्रारम्भिक जानकारी अनुसार व्यवस्थापन पक्ष र खाना लगाएको विषयलाई लिएर झडप भएको भन्ने जानकारी आँफुलाई दिइएको बताए ।

यसैबीच जिल्ला कारागारका जेलेर तथा शाखा अधिकृत विष्णुप्रशाद पाण्डेले घटानाको बारेमा सत्य कुरा छानविन गर्न शाखा अधिकृत अम्मरराज अधिकारीको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन भएको जानकारी दिएका छन् । उक्त समितिको सदस्यहरुमा नेपाल प्रहरीका एकजना इनिस्पेक्टर र सशस्त्र प्रहरीका डिएसपी रहेका छन् । छानविन समितिलाई तीन दिन भित्र सत्य तथ्य सार्वजनिक गर्न भनिएको छ । जेलेर पाण्डेले घोराही कारागारमा जम्मा ६० जना कैदीबन्दी अटाउने क्षमता भएपनि हाल ३ सय १७ कैदी वन्दी रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *