२०७७ कार्तिक १४ गते शुक्रवार

गोरखाग्रुपको पहिलो बृहत भेला

तस्बिर शरद रेग्मीको फेसबुकबाट

खेमराज रिजाल,
तुलसीपुर, वैशाख १९ । ‘गोरखा ग्रुप भोका नांगाहरुले खोलेको संस्था हो, तैपनि हामी पहरामा फुल फुलाउने अभियानमा विचलित छैनौं, शिक्षाको अभावमा विदेशमा रहंदा जुन टर्रो अनुभुति भएको थियो, त्यसैको उपज हो, गोरखा एजुकेशन ग्रुप ।’ दुइ दशक अघि दाङमा स्थापना भएको गोरखा ग्रुपको पहिलो बृहत सभाको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष मान वहादुर बुढाको अभिव्यक्ति हो यो ।

संस्था स्थापना भएको २२ बर्षपछि गोरखा ग्रुपले पहिलो बृहत सभा सुरु गरेको हो । सवै सन्चालकहरुको यो पहिलो जमघटले गोरखाग्रुपलाइ थप उर्जाशिल बनाउने अपेक्षा समेत पत्रकार सम्मेलनमा गरियो । ‘पांच कक्षा पनि नपढेर हामीले जसरी विदेशमा शिक्षाको चेनताविहिन अवस्थामा काम गर्यौ, त्यसैको प्रतिफल स्कुल खोलेका हौं, अव शिक्षालाइ नयां आयामबाट परीभाषित गरी अघि बढ्ने जमर्को गरेका छौं’, अध्यक्ष बुढाले भने, सातदिन सम्म चल्ने एशेम्व्लीले केहि सन्चालकहरुलाइ विदाइ गर्ने छ, केहिलाइ स्वागत पनि गर्ने छ ।’ विशेषगरी समुद्रपार रहेका वीर गोरखालिहरुको पहलमा सन १९९८ शालमा घोराहीमा गोरखा इन्टरनेश्नल स्कुल खुलेको थियो, जसमा विदेशमा जागिर खाने कम्तिमा ९८ जना गोरखालीहरु थिए ।

त्यसपछि पहिलो पटक बृहत रुपमा लगानीकर्ताभेला हुन थालेको हो । साथै पत्रकार सम्मेलनमा अध्यक्ष बुढाले आफुहरुको पहिलो प्रार्थमिकता शिक्षा र दोस्रो प्रार्थमिकता स्वास्थ्य भएको अभिव्यक्ति दिए । साथै उनले आफुहरुले शिक्षालाइ व्यावसाय नभएर गोरखामा पढ्ने विद्यार्थिहरुको शिक्षालाइ जहांकहि विक्न सक्ने बनाउन पहल थाल्ने पनि बताए ।

अनौपचारीक रुपमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा गोरखा ग्रुपका सिइओ नोवल जिएमले अव गोरखा ग्रुपले शिक्षालाइ ‘सर्टेन कन्टेन’मा सिमित नराख्ने अभिव्यक्ति दिए । ‘सरकारको करीकुलम त छंदैछ, तर हामी शिक्षामा विविधता र सिर्जनशिलता थप्न चाहेका छौं’, सिइओ जिएमले भने, त्यसमा आम दंगालिहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’ यो विशेष भेलाले ‘टिमवर्क’को कन्सेप्टलाइ अझै व्यापक बनाउने पनि उनले बताए । ‘हामीले मार्कलाइ मात्रै मेजर मानेका छैनौं, हाम्रा विद्यार्थिहरुमा लिडरसिप होस, र क्रियटिभ बनुन्, त्यसकालागी शिक्षामा नयांपन दिन चाहेका छौं’—उनले भने, त्यसकालागी विशेष भेलाले एउटा मार्ग निर्धारण गर्ने छ ।’ साथै उनले शिक्षाको विविधिकरणसंगै अव आउंदो शैक्षिक सत्रमै प्यारामेडिकल कोर्ष समेत सुरु गर्ने अन्तिम तयारी भैसकेको अभिव्यक्ति दिए । ‘निजि विद्यालयहरुलाइ सरकारले अंकुश लगाउंदै छ भन्ने सुनेका त छौं, तर हामी यसबाट कत्तिपनि विचलित छैनौं, हामीले बुझेका छौं, सामुदायिक स्कुलले मात्र शिक्षाको माग थेग्न सक्ने छैनन ।’

तात्कालिन सरकार माओवादी शशस्त्र द्धन्द्धमा समेत निजि स्कुल जोगाउन गोरखा स्कुलले नहारेको पनि सो अवसरमा बताइयो । साथै कृषि र पर्यटनमा पनि गोरखा ग्रुपले लगानी बढाउन सक्ने पनि बताइएको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार बृहत सन्चालक भेलाको सुभारम्भ विहिवार गोरखा ग्रुप तुलसीपुरमा भैसकेको छ । पहिलो दिन गोरखाकपको आयोजना गरी भेला सुभारम्भ भएको छ । गोरखा ग्रुपका अध्यक्ष मानवहादुर बुढाको अध्यक्षतामा तथा पोखरा विश्वविद्यालयका पुर्व उपकुलपति केशरजंघ पराजुलीको प्रमुख आतिथ्यमा पहिलो सन्चालक भेला सुरु भएको हो । गोरखा ग्रुपका लमही, तुलसीपुर र घोराहीका ७ वटा ग्रुपहरु गोरखाकपमा सहभागि छन् ।

त्यसैगरी शुक्रवार भेलाको विधिवत उद्घाटन घोराहीस्थीत गोरखा ग्रुपमा हुने छ । त्यसमा गोरखा ग्रुपका पुराना केहि सन्चालकलाइ विदाइ तथा नयां सन्चालकलाइ स्वागत गरीने छ । शनीवार लमहीस्थीत गोरखा ग्रुपको स्कुलमा विशेष कार्यक्रम आयोजना हुने छ । साथै सन्चालक भेलाकै अवसरमा प्रख्यात व्यक्तित्व कर्ण शाक्यले पनि गोरखा ग्रुपका सन्चालकहरुलाइ पेषागत सवलिकरणका विषयमा प्रशिक्षण दिने छन् ।

साथै संचालक भेलाले गोरखा ग्रुपलाइ थप गतिशिल बनाउने सन्दर्भमा विविध निर्णयहरु गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरीने पनि गोरखा ग्रुपले जनाएको छ । गा्ेरखा ग्रुपमा आवद्ध भएर बेलायत, सिंगापुर लगायत विदेशमा बस्ने सदस्यहरु समेत यो पहिलो भेलामा सहभागि हुन दाङ आइसकेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *