
काठमान्डौं, वैशाख १९ । काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको भएको छ। बर्डफ्लुका कारण मानिसको मृत्यु भएको यो नै पहिलो घटना हो । ‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।
चैत १५ गते ती युवकको मृत्यु भएपनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन। खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो।
बिरामी युवकको र्याल परिक्षणका लागि जापान पठाइएको थियो । जापान वाट आएको रिपोर्ट अनुसार बर्डफ्लुकै कारण उनको मृत्यु भउको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मृतकको पहिचान भने खुलाएको छैन । ती युवकको मन्त्रालयले पहिचान भने खुलाएको छैन।
प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार