२०८१ बैशाख ७ गते शुक्रवार

अध्यक्ष सेनद्धारा एक लाखको अक्षयकोष घोषणा


शंकर केसी,
सल्यान, बैशाख १३ । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले विद्यालयमा एक लाख रुपैंयाको अक्षयकोष स्थापना गरेका छन् । वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा आफ्ना स्वर्गीय वुवा बेलबहादुर सेनको स्मृतिमा अक्षयकोष स्थापना गर्ने उनले घोषणा गरेका छन् ।

गरिव, टुहुरा, जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस भन्ने उद्देश्यले अक्षयकोष खडा गर्ने घोषणा गरेको अध्यक्ष सेनले बताए । विद्यालयको ५५ औं वार्षिक उत्सव समारोहमा उनले अक्षय कोषको घोषणा गरेका हुन । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका सेनले विद्यार्थी कालमा नेरामावि किमुचौरमा कक्षा ७ सम्म अध्ययन गरेका थिए । सेन विद्यालयका पूर्व विव्यस अध्यक्ष समेत हुन् । अक्षयकोषबाट हरेक वर्ष टुहुरा, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रद्यानाध्यापक सिट्टसाप विष्टले जानकारी दिए ।

अध्यक्ष सेनले सामुदायिक विद्यालयको विकासका लागि सबै लाग्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *