तुलसीपुर,भदौ ४ । सल्यानमा सोमबार दिउँसो भएको गाडी दुर्घटनामा घाइतेहरुको नामावलि प्राप्त भएको छ । दुर्घटनामा परि दुइ जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएका घाइतेहरु मध्य सल्यानको दार्मा गाउँपालिका – २ का ३६ बर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० बर्षीय कमारो कामीको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार घाइते हुनेहरुमा सल्यान दार्मा–१ टाकुरा बस्ने ३२ वर्षीय ईन्द्र बहादुर केसी,सल्यान ठानागाँउ बस्ने ५० वर्षीय थिर्मु खत्री,रुकुम पश्चिम सानिभेरी गाउँपालिका ११ काडागाँउ बस्ने २० वर्षीय भुषाल बिक,सल्यान दार्मा गाउँपालिका २ ठानागाँउ बस्ने ५५ वर्षीय टिकाराम के.सी सोही ठाउँका २५ वर्षीय रमेश केसी,रुकुम पश्चिम सानी भेरी गाउँपालिका ११ धनरा बस्ने १८ वर्षीय नबराज वली, २७ वर्षीय सन्तोष वली,सल्यान दार्मा गाँउपालिका १ भदाले खोला बस्ने १७ वर्षीय ललित वली,सोही ठाँउका १८ वर्षीय मान बहादुर केसी, सल्यान सिद्दकुमाख गाँउपालिका २ ढोरचौर बस्ने ३५ वर्षीय टिका बस्नेत,सल्यान दार्मा गाँउपालिका चिनटाकुरा बस्ने ४२ वर्षीय रिता केसी,रुकुम पश्चिम त्रिवेणी ८ पेउगा बस्ने ५२ वर्षीय नौमति खड्का,सल्यान दार्मा गाँउपालिका १ बस्ने ३१ वर्षीय प्रेम प्रकाश चन्द ,रुकुम पश्चिम सानीभेरी गाँउपालिका १ बस्ने ५० वर्षीय जय बहादुर वली,रुकुम पश्चिम चौरजहारी नगरपालिका लौरेपानि १४ बस्ने ४२ वर्षीय बिमला राना रहेका छन ।
ती मध्य थप दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । रुकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी कपुरकोट गाउँपालिका – ३ आगरखोलामा दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो ।