तुलसीपुर, १२ वैशाख ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि १३ वटा विद्यालयलाई कक्षा थपको स्वीकृत दिने प्रस्ताव गरेको छ । समितिले आह्वान गरे अनुसार यस क्षेत्रका २८ विद्यालयले कक्षा थपका लागि आवेदन दिएकोमा स्थलगत अध्ययन, पूर्वाधारको अवस्था र विद्यार्थी संख्यालाई आधार मानेर कक्षा थपका लागि कार्यपालिकामा प्रस्ताव गरिएको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिए ।
शिक्षा प्रमुख गौतमका अनुसार कक्षा थपका लागि प्रस्ताव गरिएका विद्यालयहरुमध्ये तीनवटा सामुदायिक विद्यालयहरु रहेका छन् । ‘धेरै विद्यालयहरुको अवस्था निकै नाजुक भएकाले स्वीकृति प्रदान गर्न सकिएन’ शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । शिक्षा समितिको प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेपछि कार्यान्वयनमा जानेछ ।
प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार