२०८१ असोज ३ गते बिहिवार

क्याम्पस प्रमुखलाई थुनेको घटनाप्रति नेविसंघको आपत्ति


दाङ, बैशाख ११ ।
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाई समितिले क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ इकाई सभापति रोहित न्यौपानेले बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै सत्तारुढ दलकै भातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख युवराज रावत (प्रकाश)लाई कार्यकक्षमै तालाबन्दी गरी थुनेको घटनाको विरोध जनाएका छन् ।

क्याम्पस प्रमुखजस्तो जिम्मेवार व्यक्तिलाई काम गर्दागर्दै कार्यकक्षमै थुन्ने कार्यलाई नेविसंघले गैरराजनीतिक तथा गुण्डागर्दीको संज्ञा दिएको छ । नेविसंघले शैक्षिक क्षेत्रमा विधि र प्रक्रिया विपरीत अनावश्यक राजनीतिक दवाव तत्काल बन्द गर्न आग्रह गर्दै फेरि यस्ता कार्य दोहोरिए चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

यसैबीच नेविसंघले क्याम्पस प्रमुख रावतलाई कत्ति पनि विचलित नभई आफ्नो कार्य नियमति रुपमा अडाडि बढाउन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *