तुलसीपुर,साउन २४ । सरकारले ल्याउन थालेको भनिएको शिक्षा विधेयकको बिरोधमा नीजि विद्यालयका छाता सगंठनहरुले बुधबार तुलसीपुर उपमहानगरपालिकामा गएर ज्ञापन पत्र बुझाएका छन् ।
प्यावसन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगी, एन प्यावसन तुलसीपुरका अध्यक्ष शालिकराम कार्की र हिसान दाङका अध्यक्ष विष्णु देवकोटाले तुलसीपुरका कार्यवहाक मेयर बिजय बिकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक – २०८० सरोकार वालाहरुका सुझावहरुलाई बेवास्ता गरि तयार गरिएको विषयमा बिमत्ति रहेको एन प्यावसन दाङका अध्यक्ष बिमल गौतमले जानकारी दिए ।
विधेयकमा राखिएका कतिपय प्रावधानहरु नीजि लगानीका संस्थागत विद्यालयहरु प्रति पुर्वाग्रही मात्रै नभएर संविधान विपरित र अव्यवहारिक रहेको दाबी गरे ।
त्यो विधेयक संसदमा पेस हुनु भन्दा पहिलै सरोकारवाहरु संग परामर्ष हुनुपर्ने माग गरे ।
प्रस्तावित विधेयकले पाँच वर्षभित्र निजि लगानीका विद्यालयले आफ्ना सम्पुर्ण दायित्व फर–फारक गरि शैक्षिक गुठिमा रुपान्तरित हुनुपर्ने लगाएतका बाध्यात्कम प्रावधान समावेश गरेको छ ।
यसैबीच बुधबार नै प्याब्सन दाङ,एन प्याबसन दाङ र हिसान दाङले जिल्ला प्रसाशन कार्यालय र जिल्ला बिकास तथा समन्वय समितिलाई सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको एन प्याबसन दाङका वरिष्ठ उपाध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।
