२०८२ माघ ३ गते शनिवार

रोल्पा बस दुर्घटना – चार जनाको मृत्यु

दाङ, साउन २३ । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक महिला र तीन पुरुष गरि चार जनाको मृत्यु भएको जानकारी दिए । उनीहरुको सनाखद हुन बाँकी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार थप सात जना घाइतेलाई उपचारका लागि दाङको घोराही तर्फ पठाइएको छ ।

रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिला भन्दा झन्डै ३ किलो मिटर यता दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले यसअघि बसमा कुल १५ जना यात्रु सवार रहेको सुरुमा बताएका थिए । तर, प्रमुख जिल्ला अधिकारी मिघिरेले बसमा २० जना यात्रु सवार रहेको कुरा खुलेको बताए । सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टा पछि चालक सम्पर्कमा आएको डिएसपी मगरले जानकारी दिएका थिए ।
नियमित बर्षाले सडक चिफ्लो भएका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।

यो पनि…

रोल्पाको तिला नजिक बस दुर्घटना १५ जना घाइते

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *