२०७७ माघ ६ गते मङ्गलवार

बाघदैला सामुदायिक वनमा काँग्रेसको पुरै प्यानल विजयी


झुपलाल बुढा क्षेत्री
पंचकुले (दाङ), बैशाख ९ ।
बबई गाउँपालिका वडा नं. ६ पंचकुलेको बाघदैला सामुदायिक वनमा नयाँ नेतृत्व चुन्नका लागि निर्वाचन भएको छ । आइतबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन भएको हो । ७ सय मतदाता रहेकोमा ६ सय ५० मत खसेको थियो ।

सोमबार बिहान डेढ बजेपछि मात्रै मतगणना सकिएको थियो । निर्वाचनमा नेपाली काँग्रेस र नेकपाको गरी दुईवटा समूह प्रतिस्पर्धामा उत्रिएका थिए । मत परिणाम अनुसार नेपाली काँग्रेस समर्थित पूरै प्यानल विजयी भएको छ ।

सामुदायिक वनको अध्यक्ष पदका काँग्रेसका सेवेन्द्र देवकोटा (बीबीसी)ले ४२४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपाका तिलक रेग्मीले आधा कम मत पनि प्राप्त गर्न सकेनन् । उनले जम्मा १९३ मत मात्रै प्राप्त गर्न सके ।

बाघदैला चिसापानी सामुदायिक वनमा निर्वाचित हुने काँग्रेसका अन्य पदाधिकारी र सदस्यहरुमा उपाध्यक्षमा भद्रव वली, सचिवमा लक्ष्मी सुनार, कोषाध्यक्षमा लहानु चौधरी, सहसचिवमा चूडामणि बस्नेत र सदस्यहरुमा अरुणा विक, काली चलाउने, बुद्ध विक, रेश्मी विक र दुर्गा विक मतदानबाट तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *