२०८१ जेष्ठ ५ गते शनिवार

सर्पको टोकाइबाट एक किशोरको मृत्यु

तुलसीपुर,साउन ८ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ ।

सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि प्रतिष्ठानमा लगिएको थियो ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *