यमकला भुसाल
तुलसीपुर, ६ बैशाख ।
नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सघंले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा चित्रकुमार केसी, तुलसी श्रेष्ठ, रोहन रावत, विदुरराज गौतम, राजिव पाण्डे, राघव देवकोटा, प्रकाश चौधरी, अरुण लहरे, राजकुमार केसी, प्रविन केसी, नारायण भट्टराई, यमबहादुर वली र सुनिलबाबु डाँगी रहेका छन् । नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरका नगर संयोजक राजिव पाण्डेको अध्यक्षता तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
समाजमा सेवामूलक काम गरौं भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त अवसरमा तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का सभापति बलिराम खत्री, नेविसघंका जिल्ला कोषाध्यक्ष अरुण लहरे, सदस्य घनश्याम भण्डारी, नेपाल दलित सघंका सहसचिव खेमराज विक, अश्वारा माविका उपसभापति अमृत वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेविसघंका नरेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेता विदुरराज गौतमले गरेका थिए । सघंले हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दे आएको छ । साथै यही बैशाख ११ गतेदेखि देशैभर हुन लागेको नेपाली काँग्रेस जागरण अभियान दाङमा पनि हुने र उपस्थितिका लागि सबैमा अनुरोध गरिएको छ ।