२०८३ असोज २८ गते बुधवार

लुम्विनीका मुख्यमन्त्रीले गरे महेश चौधरीको निधन प्रति दुःख व्यक्त

दाङ, जेठ २५। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्व राष्ट्रिय सभा सदस्य तथा पूर्व राज्यमन्त्री महेश चौधरीको निधन प्रति दुः ख व्यक्त गरेका छन् ।

जेठ २४ गते महेश चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । चौधरीको निधनले प्रदेशलाई नै क्षति पुगेको मुख्यमन्त्री चौधरीले शोक बक्तब्यमा उल्लेख गरेका छन् ।

राजनीतिक अगुवा, थारु इतिहासका जानकार, बौद्धिक व्यत्तित्व चौधरीको निधनले ठूलो क्षति पुगेको मुख्यमन्त्रीले जारी गरेको शोक बक्तब्यमा उल्लेख छ ।


‘लुम्बिनी प्रदेशकै एक इतिहास तथा अब्बल व्यक्ति चौधरीको निधनले प्रदेशलाई नै ठूलो क्षति पुगेको छ,’ मुख्यमन्त्रीले जारीको शोक बक्तव्यमा भनिएको छ ‘मृतक चौधरीको चीर शान्तिको कामना गर्दै परिवार जनप्रति समवेदन प्रकट गर्दछु।’

महेश चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री भएका थिए । उनी धर्म, संस्कृति, भाषा सस्कृति र इतिहासका संरक्षकपनि मानिन्छन ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *