२०८२ चैत्र २ गते सोमवार

रुकुम पश्चिममा जीप दुर्घटना – मृतक ५ जनाको सनाखद

दाङ, जेठ ११ । रुकुम पश्चिममा जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखद भएको छ ।

बाफीकोट गाउँपालिका ८ की २२ बर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसी, सानीभेरी गाउँपालिका ५ का ४८ बर्षीय देउचन खत्री, सोही वडाका ७० बर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शितल कुसारीको मृत्यु भएको छ ।


जिल्ला अस्पताल सल्ले पु¥याए लगतै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले जानकारी दिए ।

घाइते चार जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत बाँकेको नेपालगंज नरसिंह कलेजमा उपचारका लागि लगिएको छ ।
सानीभेरी – ५ की २० बर्षीया अनिता केसी, २२ बर्षीय ललित बाँठा, जीप धनी ४० बर्षीय प्रेम बाँठा मगर र २ बर्षीय प्रसिद्ध कुसारीलाई हेलिकोप्टर मार्फत बाँके लगिएको हो । घाइते २ बर्षीय कुसारी मृतक २३ बर्षीय शितल कुसारीका छोरा रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते ६ जनाको भने जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
सानीभेरी – ५ का ४६ बर्षीय गम्भीर कुसारी, ४६ बर्षीय कर्णबिर पुन, २१ बर्षीया कल्पना केसी, जीप चालक ३५ बर्षीय दिपक बाँठा मगर, १७ बर्षीया मनिसा बस्नेत र १७ बर्षीया रिता खत्रीको जिल्ला अस्पतालमा उपचार भइरहकेको छ ।

बाँफिकोट गाउँपालिका ८ दुलीमा बिहान ८ ः २० तिर लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । सानीभेरी गाउँपालिका ५ मेलचौरबाट खलंगा तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको थियो । जीप सडकदेखि झन्डै चार सय मिटर तल खसको प्रहरीले जानकारी दिएको छ ।
कच्ची बाटोमा पानी पर्दा बाटो चिफ्लो भएका कारण जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *