२०८३ असोज २८ गते बुधवार

भूपेन्द्रको टिकटकको भिडियो हेरेर विकलाई ३० हजार सहयोग

तुलसीपुर,जेठ १० । टिकटकको भिडियो हेरेर सडकमा गत्ता शंकलन गर्दै हिड्ने एक तुलसीपुरका एक ब्यक्तिलाई आर्थिक साहेता प्राप्त भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ राजापुर निवासी घनश्याम विकले सडकमा गत्ताहरु शंकलन गर्दै गरेको भिडियो आफ्नो टिकटक मार्फत तुलसीपुरका युवा भुपेन्द्र डाँगीले भिडियो राखेका थिए ।

तुलसी बोर्डिङ चोकमा सहुलियत जुस बार संचालन गर्दै आएका डाँगीले बिकको भिडियो जेठ ६ गते पोष्ट गरेका थिए ।

डाँगीले अरु माग्दै हिड्ने ब्यक्ति र श्रम गर्ने ब्यक्तिको तुलना गरेका थिए । बिक डाँगीको जुसबारमा गएर जुस खाएपछि आफ्नो गोजीमा जति थियो त्यो पैंशा निकालेर दिने खोजेका छन् ।

माग्दै हिड्ने र श्रम गरी हिड्ने ब्यक्तिको अन्तर छोटो शब्दमा डाँगीले टिकटकमा वर्णण गरेका छन् । ‘ उहाँलाई हेर्नुहोस जुस खाइ सकेपछि उहाँको गोजीमा जति थियो दश , १५ रुपैंया निकालेर दिन खोज्दै हुनुहुन्छ, उहाँमा इमान्दारिता स्पष्ट झल्कन्छ,’ डाँगीले भनेका छन् ‘ अरु कुनै माग्ने ब्यक्ति भइ दिएको भए सायद फरक ब्यबहार हुन्थ्यो होला ।’

जुस बार संचालक डाँगीले बिकले दिन खोजेको पैंशा नलगी सित्तैमा जुस खान दिएको देखिन्छ ।
डाँगीले राखेको उक्त भिडियो बारे धेरै टिकटक प्रयोगकर्ताले कमन्टहरु गरेका छन् ।

तर, विकको भिडियो देखेपछि ठेगाना नखुलाउने र नामपनि उल्लेख गर्न नचाहाने तथा आफुलाई रोजगारीको शिलशिलामा विदेशमा रहेको बताउने घलन टिएमजी नामक टिकटक प्रयोग कर्ताले डाँगीलाई फोन सम्पर्क गरि .३० हजार रुपैंया सहयोग स्वरुप पठाइ दिएका थिए ।

डाँगीले बिकको कपाल र दारी काट्न लैजान्छन् । कपाल र दारी काटेपछि अन्दाजी ५५ –६० बर्षको जस्ता देखिने बिकको अनुहारमा खुसीहरु नाचेको देखिन्छ ।

ती अपरिचित र नाम ठेगाना खुलाउन नचाहाने ब्यक्तिले भने अनुसार डाँगीले बिकका लागि नयाँ कपडा, जुत्ता ३ हजार ६ रुपैंयामा किनेर दिइ सकेका थिए ।

त्यसमध्यबाट बचेको नगद २६ हजार ४ सय रकम डाँगीले बुधकार बिकको राजापुरस्थित घरमै गएर हस्तान्तरण गरेका हुन । व्यवसायी डाँगीले प्राप्त भएको सहयोग रकमको सदुपयोग गर्न आग्रह गरेका थिए ।

विकको घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण विगत लामो समयदेखि उनी सडकमा फालिएका गत्ता संकलन गरि विक्रि गर्ने र सोही रकमबाट जिविकोपार्जन गर्दै आएका छन् ।

उनकी श्रीमति अरुणा र छोरी यमुना घर बनाउन ज्याला मजदुरी गर्दै आएका छन् भने कान्छी १४ बर्षीया छोरी पुष्पा पढ्न छोडी घरमै बस्दै आएको घनश्यामले बताए ।

आफ्नो नाम, ठेगानासमेत नखुलाइ आफ्नो लागि भनेर ३० हजार आर्थिक साहेता पठाउने ब्यक्ति र पठाएको रकमसहित घरमै आएर हस्तान्तरण गर्ने डाँगीलाई बिकले धन्यबाद दिएका थिए ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र लुम्बिनी प्रदेश सदस्य यमकला भुसालको उपस्थितिमा बिकलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *