२०८२ चैत्र ३ गते मङ्गलवार

क्यान्सर पीडित बोहरालाई आर्थिक सहयोग

तुलसीपुर, बैशाख १२ । क्यान्सर पीडित मुना बोहरालाई आर्थिक सहयोग गरिएको छ ।

बबई गाउँपालिका ४ सुन्दरखाल निवासी ३५ बर्षिय बोहरालाई उनको घरमै पुगेर राप्ती विश्वासी वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा सदस्यहरुले रु १८ हजार ९ सय ५० सहयोग गरेका हुन् ।

राप्ती विश्वासी वचत तथा ऋणसहकारी संस्थाका शेयर सदस्य मुनालाई अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, उपाध्यक्ष रञ्जन कुमार गौतम र सह–सचिव तेजप्रसाद आचार्यले सहयोग रकम हस्तातन्रण गरेका हुन् ।

आफ्नो संस्थाका शेयर सदस्यलाई थोरै भएपनि आर्थिक राहत पुगोस भन्ने हेतुले सहयोग गरेको उपाध्यक्ष रंजन गौतमले जानकारी दिए ।

साथै आफुलाई सहयोग गर्ने संस्था र संस्थाका पदाधिकारीलाई पीडित बोहराले धन्यवाद दिएकी थिइन् ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *