२०८३ बैशाख ३ गते बिहिवार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,१०६ जना संक्रमित थपिए

काठमाडौँ ,बैशाख ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ।

शुक्रबार ४६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४१४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ५८१ पीसीआर तथा १ हजार ३०२ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *